विन्ध्येश्वरीको वार्षिकोत्सव: एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण सम्पन्न

पाेखरा | पुस ४, २०८१

विन्ध्येश्वरीको वार्षिकोत्सव: एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण सम्पन्न

पोखरा:   ‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’ भन्ने नाराका साथ पोखरा महानरपालिका १ मोहरिया टोलमा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

 

विद्यालयको ४० औँ वार्षिकोत्सवको अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको हो ।

 

एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए । 

 

दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना स्थान हाँसिल गरिन् । 

 

त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना स्थान हाँसिल गरिन् । 

 

एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहेकी थिइन् ।

 

यसैगरी वार्षिक रुपमा हुँदै आएको खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

 

साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । 

 

विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

 

सो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेलले गरेका थिए । भने, कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्